विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ ६५ हजार घुससहित समातिए

काठमाडौं : ६५ हजार रूपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।

अख्तियार दु’रुपयोग अनु’सन्धान आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई प’क्राउ गरिएको भुसालले बताए ।

शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घु’स लिएका थिए ।

सम्बन्धित खवर

Back to top button