स्क्रव टाइफसका २७ जना बि’रामी भेटिए

डडेल्धुरा । डडेल्धुरामा २७ स्क्रब टाइफसका बि’रामी भेटिएका छन् । एक सय २८ शङ्का’स्पद बिरा’मीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्या’ब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए । दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बि’रामीलाई जाँ’च गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्र’मित भेटिएका हुन् ।

अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरा’मीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका ल्या’ब इन्चार्ज भुषालले बताए । आर्थिक वर्ष २०७५/७६ मा जिल्लाको अजयमेरु गाउँपालिकामा पहिलोपटक देखापरेको स्क्रब टाइफसको सङ्क्र’मणका कारण दुई जनाको ज्यान गएको थियो । जिल्लामा पनि स्क्रब टाइफसको सङ्क्र’मण देखा पर्न थालेको छ ।

प्रदेशका पहाडी जिल्लामा गत वर्ष ४१ दिनको अवधिमा १३० लाई जाँ’च गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्र’मण देखापरेको अस्पतालको तथ्याङ्क छ । पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्याङ्कमा देखिन्छ । स्क्रब टाइफस लागेमा बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्ष’ण देखापर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताए ।

स्क्रब टाइफसको प्रमुख ल’क्षण छा’लामा घा’उ देखिने भए पनि सो अ’स्पतालमा बढी जसो टाउको दु’ख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्ष’णका बि’रामी आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट कँडेलले बताए । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रो’गको सङ्क्र’मण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शं’का लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए ।

सम्बन्धित खवर

Back to top button