स्वीकृति बिना विश्व सूचीकृत सम्पदामा डोजर चल्यो

काठमाडौं, १८ भदौ : विश्व सम्पदामा सुचिकृत भएको ललितपुर स्थित मङ्गलबजार चोकमा पुरातत्व विभागको स्वीकृति बिना नै हखा टोलमा बायो ग्यास प्लान्ट निर्माण गर्ने भन्दै केहि दिन अघि मात्र ललितपुर वडा नम्बर १२ का वडा अध्यक्ष नारायण लाल अवालेको नेतृत्वमा दाेजर लगाएर खन्ने काम भएको हो । स्थानियबासीसँग समन्वय नगरी उक्त स्थानमा डाेजर लगाएर खनेकाे भन्दै स्थानीयले विरोध गरेका छन् । यदि यो अवैधानिक निर्माण कार्य नरोकिए कानूनी उपचार खोज्न अ’दालत सम्म पनि जाने स्थानीय लक्ष्मीकृष्ण खड्गी बताउँछन् ।

वडा नम्बर १२ का वडा अध्यक्ष नारयण लाल अवाले भने उक्त स्थानमा पर्यटकहरुको सुबिधाको लागि आधुनिक गन्ध रहित शौचालय निर्माण लगायत त्यसैबाट बायो ग्यास प्लान्ट निर्माण गर्न हखा टोल सुधार समिती र पुरातत्व विभागसँग पनि स्वीकृति लिइ सकेको बताउँछन् ।

लिच्छबी कालिन सम्पदा क्षेत्रमा कुनै पनि विकास निर्माण पुनः निर्माणको लागि पुरातत्व विभागको स्वीकृति आवश्यक भएको र हाल ललितपुरको हखा टोल वडा नम्बर १२ मा भैइ रहेको निर्माण सम्बन्धी पुरातत्व विभागले कुनै किसिम को स्वीकृति नदिएको पुरातत्व बिभागका महा प्रबन्धक दामोदर गौतम बताउँछन् । चाडै नै आफ्नो मातहतका कर्मचारीबाट उक्त स्थानको निरी’क्षण गराएर कानूनी प्रक्रियामा जाने बताउँछन् ।

यदि स्वीकृति नलिएर पुरातात्विक बस्तुलाई नष्ट गरेमा प्राचीन स्मारक संर’क्षण ऐन २०१३ को दफा १२ को (ग) अनुसार ५ हजार देखि १ लाख रुपैयाँ जरि’वाना र ५ वर्ष कै’द वा दुबै स’जाय हुने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर

Back to top button