कुकुरले एकैमहिनामा २० खसीबाख्रा मा’रेपछि स्थानीय प्रताडित


पर्सा : वीरगञ्ज महानगरपालिमा कुकुर आ’तंक बढेको छ । कुकुरले वीरगञ्ज महानगरपालिका भित्र मात्रै २० ओटा खसीबाख्राको ज्यान लिएका हुन् । कुकुरको ग्या’ङले गएको एक महिनायता फिल्मी शैलीमा वीरगन्जवासीका २० वटा खसीबाख्राको शि’कार गरिसकेको स्थानीयले बताएका छन् ।
चालु महिनाको साउन १५ यता मात्र वीरगन्ज महानगरपालिका वडा नम्बर २७ कुहडीमा घर छेउ र आँगनमा नै बाँ’धेका खसी बाख्रामाथि आ’क्रमण गरेका हुन् । कुकुरको आक्र’मणमा परी जग साह तेलीका मात्र ४ वटा खसीबाख्रा म’रिसकेको स्थानीयले बताए। उनले यस बिषयमा वडाध्यक्ष प्रदिप यादव र नगरप्रमुख विजय कुमार सरावगीसँग पनि कुरा गरेको बताए । उनले भने तर उहाँहरूबाट कुनै पहल भएको छैन। खसी बाख्राको शि’कार गर्ने सडक कुकुरको ग्या’ङ्गमा १५ देखि २० ओटासम्म कुकुरहरू छन् एक स्थानीयले बताए ।



१ रजाक अंसारीका चारवटा, २ शम्भु यादवका तीनवटा, ४ रामराज्य कुशवाहाको एउटा, ५ जितेन्द्र पासवानको एउटा, ६ रोजद्दिन मियाको एउटा, ७ रमेश रायभरको एउटा, ८ श्रीराम भरको एउटा, ९ प्रसाद यादवको एउटा, १० लंगड मियाको एउटा, ११ रोजा मियाको एउटा, १२ नन्दलाल रायभरको एउटा र, १३ जग साह तेलीको चारवटा गरी जम्मा २० वटा खसीबाख्रा सडक कुकुरले मा’रेको छ।
सर्वसाधारणका आँगन र खोरका बाख्रा कुकुरको आहारा बन्न थालेपछि अब महानगरको ग्रामीण वडाका बाख्रापालक किसानलाई बाख्रा बचाउनै सकस भएको छ। खोरसम्म पनि कुकुरले आक्रमण गर्न थालेपछि कसरी बचाउनु ? स्थानीयले भने। स्थानीय सरकारसम्म कुरा पुर्याएको। तर सो टोल समेटिएको वडाका वडाध्यक्ष प्रदिप यादव र वीरगन्ज महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई ठोस आश्वासन र चित्तबुझ्दो काम नभएको स्थानीय मक्सुद आलमले बताए। अब त बाख्रा मात्र होइन। एक्लै खेतबारीमा गएको मानिस घर फर्किएर आउन मुस्किल छ उनले भने।
वीरगन्ज वडा नम्बर २७ र नजिकैको वडा नम्बर १८ मा रहेका मध्यमाञ्चल बोर्न चिप्स, हिरो बफ मिट सप्लायर्स र नारायणी बोर्न चिप्स गरी तिनवटा हड्डी कारखानाको योगदान प्रमुख कारण रहेको स्थानीयले बताए। हड्डी कारखानाको गन्धले टाढा टाढाका कुकुरहरू त्यहाँ जम्मा हुने र कारखाना भित्रको कुरा खान नपाएपछि त्यसको गन्धले मात्र रन्थनिएका कुकुरले स्थानीय र तिनका बाख्रालाई निसानामा पार्न थालेको उनीहरूको भनाइ छ। २ महिना अगाडी पर्साको बहुदरमाईको सिसियाडी टोलकी बीर बहादुर पासवानकी पत्नीलाई पनि खेतमा गएको समयमा कुकुरले आ’क्रमण गर्दा पछि मृ’त्यु भएको कुहडीका शम्भु यादवले बताए। हड्डी कारखानाको ग’न्धका कारण कुकुरको संख्या बृद्धि भएपछि स्थानीय चारपाँच टोलका सर्वसाधारण गाउँमा बस्न नसक्ने अवस्था पुगेको स्थानीय मक्सुदले बताए।
गाउँ नै दु’र्गन्धित पार्ने गरी संचालन भएका हड्डी कारखानाको कारण कुकुरको बृद्धि भए पनि नियमन गर्ने निकाय चुप छ। स्थानीयको दबा’बपछि स्थानीय सरकार, प्रहरी, प्र’शासन मात्र नभएर संसदीय टोली समेत आई ती का’रखानाको अनुगमन गरेर फर्किए। तर त्यो संसदीय टोलीले बुझाएको प्रतिवेदन पनि उद्योग तर्फको संसदीय समितिमा थन्किएर बसेको बसेको बुझिएको छ। वीरगन्ज महानगरपालिकाको तर्फबाट पनि महानगरका अधिकृत रामदयाल यादवको टोलीले हड्डी कार’खानामा अनुगमन गरी त्यसको प्रतिवेदन तत्कालिन प्रमुख प्रशा’सकीय अधिकृत डा. भिष्म भुषाललाई बुझाएको उनले बताए। त्यो प्रतिवेदनको फायल भने का’र्वाहीका लागि अगाडी बढेको आफूलाई थाहा नभएको उनको तर्क छ। फायल नै हामिक साहसँग थियो। अहिले उहाँ त सरुवा भएर जानु भयो फायल कोसँग छ ? भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए।
कुकुर मार्न राज्यको नीतिगत कारणले नमिल्ने भएपछि नगरवासी नै प्रताडित हुन पुगेका छन्। कुनै विकल्प ननिकाली पनि नहुने भएको महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष प्रदिप यादवले बताए। यो विषयमा नगरप्रमुख सरावगीसँग पनि कुरा भइरहेको छ। केही न केही विकल्प त निकाल्नै पर्ने हुन्छ उनले भने। बिहान मनिङ्गवाक गर्ने र साँझ बिहान काम बिशेषले हिँडडुल गर्ने मानिस कुकुरको आक्रमणमा कतिखेर पर्ने हो ? त्रास फैलिएको छ। बालबालिकालाई पनि सडक कुकुरबाट जोगाउन सकस परेको स्थानीयले बताए।