ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालकाे अध्यक्षमा खुमबहादुर सुवेदी


काठमाडौं : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी चयन भएका छन्। काठमाडौंमा भएको टानको ४१औं वार्षिक साधारण सभामा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवार अञ्जन थापालाई ८३ मतले परा’जित गर्दै सुवेदी चयन भएका हुन्।
सुवेदीले ५२१ मत प्राप्त गरे भने थापाले ४३८ मत प्राप्त गरेका हुन् । महासचिवमा भने थापा समूहकी सरिता लामा विजयी भएकी छिन्। उनी अर्का प्रत्यासी कर्मा शेर्पालाई १३ मतान्तरले पराजित गर्दै विजयी भइन् । समितिको वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा विजयी भएका छन्। उनीहरु सुवेदी समूहका हुन्।



सचिवमा भने थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्। महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छन् । सदस्यमा थापा समूहको पाँच जना ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।








