नर्सकाे लाप’रवाहीले बिरामीकाे ज्यान गएकाे भन्दै नागरिक असपतामा तना’ब उत्पन्न

भक्तपुर : नर्सकाे लाप’रबाहीका कारण वि’रामीकाे ज्यान गएकाे भन्दै भक्तपुरकाे नागरिक असपताल तनाब उत्तपन्न भएकाे छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा शनिबार बिरामीको मृ’त्यु भएपछि अस्पताल दिनभर तना’बग्र’स्त बनेको छ। बिहीबार भर्ना भई शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृ’त्यु भएपछि आइसियूमा कार्यरत नर्सहरूको लाप’रवाहीले बिरा’मीको मृ’त्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घे’राउ गरी ना’राबाजी गरेका छन्।

ना’राबाजी, घे’राउ गर्ने क्रममा पीडित पक्षले अस्पताल तो’डफोड गर्न खोजेपछि राती ७ बजे पीडित पक्ष र प्रहरीबीच झ’डप भएको छ । अस्पतालभित्रै पीडित पक्षले ना’राबाजी गरेर तो’डफोड गर्न खोजेपछि सामान्य ब’ल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ। बाबुको मृ’त्युपछि बि’रामी भई सोही अस्पतालको आक’स्मिक कक्षमा उपचारमा रहेका मृ’तक कोइरालाका छोरा सागरले हिजो सफल शल्यक्रिया भई स्वास्थ्य अवस्थामा सुधार भइसकेको अवस्थामा नर्सहरुको लाप’रवाहीले बाबुको ज्यान गएको बताए।

उनले भने, “हिजो अप्रे’शन गरी एउटा मिर्गौला झि’केर सफल उपचार भएको थियो, तर स’घन उपचार कक्षका नर्सहरुले आ’लो घा’उ भएको मेरो बुबालाई एक्लै हिडाएर शौचालय पठाएछन्, त्यसपछि शौचालय मै ल’डेर घा’इते भएको आधा घण्टामा डाक्टरले मृ’त्यु भयो भने, यो सरासर नर्सको लाप’रवाही हो।” नर्समाथि छानबिन गरी का’रवाही गर्नुपर्ने, आगामी दिनमा यस्ता ग’ल्ती नदोहोर्‍याउने प्रतिबद्ध’ता गर्ने र मृ’तक परिवारलाई उचित क्ष’तिपूर्ति दिनुपर्ने उनले माग गरे।

मृतकका छोरा सागरले आफूहरूको माग पूरा नभएसम्म बाबुको श’व नउठाउने बताए । मृ’तककी बुहारी सावित्री कोइरालाले दुईवटा छोरा, बुहारी स’घन उप’चार कक्ष बाहिर कु’रेर बसे पनि अ’प्ठ्यारो पर्दा खबर नगरी एक्कासी ल’डेर घा’इते भएको खबर गर्न आएको बताउँदै शौचालय जाँदा नर्सले नलगे छोरालाई बोलाउनुपर्नेमा त्यसो नगर्दा ज्यान गएको बताइन्। उनले भनिन्, “अप्रेशन भएको बिरामीलाई पाइप राख्नुपर्ने हो तर नर्सले पाइप झिकेर पिसाब फेर्न शौचालय पठाए, कमजोर बि’रामी शौचालयमा ल’ड्ने अस्पताल र नर्सको लाप’रवाही नभए कसको हुन्छ?”

मृ’तकका आफन्त शर्मिला ठकुरीले श’ल्यक्रिया सफल भएर चिया र केही झोल पदार्थ खाएर हासेर गफ गरेको र भोलि डिस्चार्ज गरेर घर पठाउने भनेको बि’रामी अस्पतालको लाप’रवाहीले ज्यान गए पनि अस्पतालले आफ्नो कम’जोरी अस्वीकारेको बताइन्। उल्टै अस्पतालले राति ७ बजेसम्म पनि प्रहरी तै’नाथ गरेर पीडितमाथि नै द’मन गर्न खोजेको बताउँदै उनले क्ष’तिपूर्तिको व्यवस्था नभएसम्म श’व नउठाउने बताइन्।

यता, अस्पतालका मेडिकल डाइरेक्टर प्राडा. राकेश वर्माले अस्पताल र नर्सको कुनै क;मजोरी नभएको दा;बी गर्दै शौचालय गएका बि;रामीलाई एक्कासी हृदयघा’त भएकाले ज्यान गएको बताए । अस्पताल र मृ’तक पक्षबीच राति ७ बजेसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घे’राउ गरी ना’राबाजी गरेका छन्। रातिसम्म अस्पताल तना’बग्रस्त बनेको छ।

सम्बन्धित खवर

Back to top button