यी नै हुन् झाेलुङ्गे पुल का’टेर कबाडीलाई बेच्ने जनप्रतिनिधि

नुवाकोट : जनताकाे लागि विकास गर्नुकाे साटाे उल्टै वि’ध्वंस मच्चाउने र लु’टपाटमै व्यस्त छन् जनप्रतिनिधिहरु । यसतै भएकाे छ नुवाकोटको विदुर नगरपालिकामा पनि । यहाँ नेकपाको नाममा भैरहेको गैरकानूनी गतिविधिको चाङ् बढ्दै गएको छ । मेयरले नै अनेक मान्छे लगाएर रातमा बालुवा तस्करी गराउनेदेखि प्राकृतिक स्रोतको दो’हनमा नेकपाका नेता कार्यकर्ताको उल्लेखनीय संलग्नता रहेकाे देखिएको छ । नेकपाले चुनाव जितेको विदुर नगरपालिकाका केही वडामा कांग्रेसले पनि चुनाव जितेको छ । तर दुबै दलको प्रतिस्पर्धा राम्रो काममा भन्दा पनि बद्मासीमा देखिएको छ ।

अचम्म लाग्ने कुरा के छ भने जनताले भाेट दिएर विजयी भएका जनप्रतिनिधिले नै पुल का’टेर कबाडीलाई बेचिदिएका छन् । केही समयअघिमात्र एक जना कांग्रेस नेता समेत रहेका वडा नम्बर ३ का अधयक्षले म’दिराको मा’तमा सर्वसाधरणको घरमा ढुंगामु’ढा गरेको सेलाउन नपाउँदै नेकपाका दुइ नेताले मिलेर झोलुङ्गे पुलनै का’टेर बेचेको खुलासा भएको छ । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन । उनीहरू दुबै नेकपाका नेता हुन ।

उक्त पुल बेचेको पैसाबाट चित्रकारले ३५ हजार र पुडासैनीले ३५ हजार भागवण्डा गरेका हुन । अझ पछिल्लो समय झोलुङ्गे पुल नै काटेर बेची वडा अध्यक्षहरूले पैसा भागवण्डा गरेको विषयले बजार तातिएको छ । झोलुङ्गे पुल नै काटेर बेच्दा पनि चुँ नगरेका विदुरका मेयर सञ्जु पण्डित अहिले भ्रम छर्न तल्लीन देखिएका छन । उनी उक्त पुल गल्छी-त्रिशुली सडक आयोजनाले काटेर फ्याँकेको र नगरपालिकाले व्यवस्थापन मात्र गरेको तर्क गर्न थालेका छन । मेयर पण्डितले विषय पुरानै भएकाे तर मिडियामा भर्खरै मात्र आएको भन्दै सडक आयोजनाले का’टेर फालेको पुल वडाले व्यवस्थापन गरेको दाबी गरे । उनले वडा अध्यक्षले नै पुल का’टेको भए आफूले पहिल्यै नै का’रबाही गरिसक्ने बताए ।

जबकी सडक आयोजनाले उक्त पुलमाथि छड्के नजर समेत नलगाएको बताएको छ । सडक आयोजनाका प्रमुख नारायण भण्डारीले तत्कालीन प्रमुख सुवोधकुमार देवकोटालाई उधृत गर्दै आयोजनाले उक्त झोलुङ्गे पुलमा छड्के नजरसमेत नलगाएको बताउँछन । उनका अनुसार झोलुङ्गे पुलका सम्बन्धमा आयोजनाले कुनै पनि दख्खल दिएको छैन । मेयर पण्डितसहित वडा अध्यक्षहरू कानूनी कार’बाहीको भागिदार हुने भएपछि नेकपाका नेताहरू बचउमा लागेका छन । यद्यपी यसमा निष्पक्ष छानविन गरी दो’षीलाई क’डा भन्दा क’डा कार’बाही गरिनु आवश्यक रहेकाे स्थानीय सर्वसाधारण बताउँछन् ।

सम्बन्धित खवर

Back to top button