जब चिनियाँ विदेशमन्त्रीको ध्यान एयरपाेर्टमै राखिएका पर्यटकीय स्थलका तस्बीरमा खिचियाे


काठमाडौं : तीन दिने नेपाल भ्रमणका क्रममा जब चिनियाँ विदेशमन्त्री याङ यी आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । उनकाे स्वागतार्थ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले त्याहाँ पुगे ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा ४ वर्षपछि काठमाडौं आएका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतपछि उनी विमानस्थल प्रशासन हुँदै बाहिरिँदै थिए । उनको आँखा पर्यटन वर्ष २०२० लाई लक्षित गरी विमानस्थलका भित्तामा राखिएका तस्बिरमा पुग्यो। ती तस्बिरलाई उनले अभिरुचिपूर्वक अवलोकन गरे।

पर्यटन वर्ष २०२० अन्तर्गत विदेशी पाहुनाको ध्यान खिच्नेगरी देशभित्रका प्रख्यात पर्यटकीय स्थलका तस्बिर विमानस्थलमा राखिएकाेतिर उनकाे पनि ध्यान माेडियाे । त्यसपछि विमानस्थलमा राखिएका तस्बिरबारे चिनियाँ राजदूत यान्छीले विफ्रिङ गरिन् ।

सरकारले पर्यटन वर्षलाई लक्षित गरेर राखेको तस्बिरमा चिनियाँ विदेशमन्त्रीको नजर मात्रै गएन ती तस्बिरले उनलाई मोहित पनि बनायो । तस्बिरबाट उनले पर्यटकीय स्थल र संरचनाको पनि जानकारी लिए । सरकारी अधिकारीहरुका अनुसार विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी जिङपिङको आसन्न नेपाल भ्रमणको तयारीकाे सिलसिलामा नेपाल भ्रमणमा आएको बुझिएको छ।











