दाङ खोलामा पौडी खेल्ने क्रममा २ किशोरीको मृत्यु

दाङ : दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका बर्ष १४ टीका घर्ती र घोराही-१० नारायणपुरका बर्ष १५ निरु बोहराको डुबेर मृत्यु भएको हो ।

बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पाैडी खेन्ले क्रममा उनीहरु डुबेका थिए ।तत्कालै उद्धार गरी अस्पताल लगिए पनि लमही अस्पतालमा उपचारको क्रममा दुवैको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
पोस्ट मर्टमका लागि शव लमही अस्पतालमा राखिएको छ ।

सम्बन्धित खवर

Back to top button