दसैँकालागि बिक्रि गर्न ल्याएका १५ भेडा च्याङ्ग्रा चितुवाकोआक्रमण

दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा-च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ।
रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका- ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। काँडे बजार नजिकै रातको समयमा बास बसेका च्याङ्ग्रालाई चितुवाले आक्रमण गरेको बताइएको छ।
चितुवाले भेडा-च्याङ्ग्रा आक्रमण गरेको थाहा पाएपछि व्यापारी उठेर होहल्ला गरेपछि चितुवा भागेको वडाध्यक्ष गुरुङले बताए। भेडा च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याएका थिए।

सम्बन्धित खवर

Back to top button