सरसफाइ अभियान्ता केपि खनाल ५ गते कोहलपुर आउँदै


यमु कंडेल, दीक्षा बि.सि.
कोहलपुर, ४ कार्तिक : नेपालको सबै भन्दा कान्छो सरसफाइ अभियान्ता केपि खनाल ५ गते कोहलपुर आउदैछन । ‘आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर कोहलपुर बनाऔं’ भन्ने मुल नाराको साथ अभियान चलाउदै आएकी चेतनशील युवा अभियान कोहलपुर बाँके की सामाजिक अभियान्ता दीक्षा बि.सि. लगायतको पहलमा खनाल पहिलो पटक कोहलपुर आउँने भएका हुन् ।



नेपालको धेरै ठाउँमा अभियान चलाउदै आयका खनालसँग यहि मङलवार ५ गते कोहलपुर बाँकेका युवासरसफाइ अभियान्ताहरुसँग सहकार्य गरि बृहत सरसफाइ अभियान हुने बताइएको छ ।
साथै यस कार्यक्रममा आयोजकले आ-आफ्नो संघ संस्था, विद्यालय, कलेज, सहकारी साथै बुद्धिजीवी, व्यापारी, राजनितिकदल, समाजसेवी, पत्रकारलगायत समस्त कोहलपुरबासी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी भई कार्यक्रम भब्य र सब्य रुपमा सफल पार्न अनुरोध समेत गरेको छ ।
आयाेजकका अनुसार कोहलपुर न्युरोडम युथ स्पारिङ कार्यक्रम दिउँसो २ बजे स्वास्तिक पार्टी प्यालेस दसबिगाह तथा सर सफाइ अभियान दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ ।