बाेलेराे जीपमा बाइक ठाे’क्किँदा एककाे मृ’त्यु, दुई घा’इते


म्याग्दी : म्याग्दीमा बेलेराे जीपमा भीआर बाइक ठाे’क्किँदा एक जनाकाे ज्यान गएकाे छ भने दुई जना घाइ’ते भएका छन् । मंगलबार बेनी नगरपालिका ६, जलेश्वरमा मोटरसाइकल जीपमा ठाे’क्किँदा एक जनाको ज्यान जानुका साथै दुई जना घा’इते भएका हुन् । ज्यान गुमाउनेमा रघुगंगा गाउँपालिका ६ पाखापानीका २३ वर्षीय सन्तोष थजाली रहेकाे प्रहरीले जनाएकाे छ ।
बेनीबाट गलेश्वर जाँदै गरेको ध १ प ३५४९ नम्बरको भीआर मोटरसाइकल गलेश्वरबाट बेनी आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जीपमा ठो’क्किँदा थजाली ग’म्भीर घा’इते भएका थिए। उपचारको लागि पोखराको मणिपाल शिक्ष’ण अस्पतालमा पुर्याइएको र उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।



घा’इते हुनेहरुमा पाखापानीका २५ वषीय अम्मर पाइजा र २० वर्षीय मोनि पुर्जा रहेका छन् । दुवैको बेनी अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार तीन जना सवार तीब्र गतिको मोटरसाइकल ग’लत दिशाबाट गुडेका कारण दु’र्घटना भएको थियो। प्रहरीले जीपका चालक इलामका अतिथ थेबेलाई निय’न्त्रणमा लिएर अनुस’न्धान गरिरहेको छ।








