आज चक्रपथभित्र बिजोर नम्बर प्लेटका गाडी मात्रै चलाउने पाइने

काठमाडाैं : आज संघीय राजधानी काठमाडाैंमा बिजाेर सवारीसाधन मात्रै चल्ने भएका छन् । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटनका कारण आइतबार उपत्यकाको चक्रपथभित्र बिजोर नम्बर प्लेटका यातायातका साधन मात्रै चल्न पाउने भएका हुन् ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध व्यक्ति र सञ्चारकर्मी चढेका यातायातका साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । यस्तै, सागको समापनको दिन आउँदो २४ गते भने जोर नम्बरका यातायातका साधन मात्र चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ ।

सागको अवधिभरि चक्रपथभित्र ठूला मालबाहक गाडी नचलाउन, दशरथ रङ्गशाला वरिपरिको बाटो सकेसम्म प्रयोग नगर्न, तोकिएको ठाउँमा मात्र पार्किङ गर्न र ट्राफिकसम्बन्धी सम’स्या भए १ सय ३ मा फोन गर्न महाशाखाले आ’ग्रह गरेको छ ।

खेल हेर्न जानेको पार्किङ टुँडिखेल तोकिएकोले उक्त ठाउँमा नै पार्किङ गर्न ट्राफिक प्रहरीले सबै खेलप्रेमी महानुभावमा अनुरोध गरेको छ । यातायातको साधनको जोरबिजोर पछाडीका दुईवटा अंकको आधारमा हुने पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button