नगरपालिकालाई ५ करोड बढि अनुदान


कोहलपुर ,रास्ट्रीय योजना आयोगले बाँकेको कोहलपुर नगरपालिकालाई ५ करोड बढि अनुदान उपलब्ध गराउने भएको छ । बिनियोजित रकममध्ये अनुदानतर्फ सिकलसेल एनिमिया ल्याब स्थापनाकालागि ३ करोड ३१ लाख १० हजार र सरस्वती मावि पिपिरिको विद्यालय भवन निर्माणकालागी ५३ लाख ६७ हजार ७१ समपुरकतर्फ कोहलपु र नगरपालिका रिङ्गरोड निर्माणकालागी ९१ लाख ५५ हजार ७४ र साझाचोक देखि पुर्व दिपशिखा स्कुल हुँदै नगर विकास समितिको सिमानासम्म सडक कालोपत्रेकालागी ४१ लाख २९ हजार २ सय ८८ रुपौयाँ बिनियोजन गरिएको बाँके निर्वाचन क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले जानकारी दिए



नगरक्षेत्रभित्र बिभिन्न योजना संचालनकालागि आयोगलले अनुदान र समपुरकतर्फ ५ करोड १७ लाख ६१ लाख ४ सय ३३ रकम बिनियोजन गरेको हो ।