विद्यार्थी हरु आन्दोलनमा ट्याक्टरको ठक्करबाट छात्राको मृत्यु भए पछि

पुस ३, २०७६  : तुलसीपुरमा बिहीबार बिहान एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थी विरोधमा सडकमा उत्रिएका छन्। तुलसी आवासीय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी १३ वर्षीया विजिता केसीको ट्याक्टरको ठक्करबाट निधन भएको थियो। त्यसैको विरोधमा सोही विद्यालयका विद्यार्थीले सडकमा टायर बालेर तुलसीपुर सल्यानरोड सडक-खण्ड अवरुद्ध पारेका छन्। विद्यार्थीले दोषीमाथि हदैसम्मको कार्वाही र पीडितलाई उचित न्यायको माग गदै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सल्यानरोडअन्तर्गत गोदामघरनजिक, वीरेन्द्रचोक, बिपी चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्। सल्यानरोड सडकखण्ड अन्तर्गत रा. १ त १४३५ नम्बरको ट्याक्टरले गोदामघरनजिकै ती बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। यस्तै, सोही ट्याक्टरको ठक्करबाट अर्की एक विद्यार्थी पनि घाइते भएकी छिन्। राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार हुँदैछ।

सम्बन्धित खवर

Back to top button