बोर्डिङ स्कुलको नाम नेपालीमा नराखे चल्‍न नदिने

कोहलपुर

पुस ४, २०७६  काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै निजी विद्यालयको नाम अनिवार्य नेपालीमा राख्नुपर्ने नीति बनाएको छ। धेरै निजी विद्यालयले अग्रेजीमा नाम राखेकाले राष्ट्रिय सम्मानका लागि नेपालीमा नाम राख्‍नुपर्ने नीति ल्याएको हो। महानगरपालिकाले उक्त योजना २०७५ सालमै ल्याएको थियो। तर, नीति नबन्दा योजना कार्यान्वयन हुन सकेको थिएन। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अनिवार्य रूपमा निजी विद्यालयको नाम नेपालीमा राख्‍ने नीति बनाएको बताइन्।
    ‘महानगरपालिकाले विद्यालयको नाम परिवर्तन गर्ने योजना पहिल्‍यै ल्याएको थियो,’उनले भनिन्,‘बीचमा आएर बोर्ड   परिवर्तन गर्न मिलेन। पत्राचार गरेर नेपालीमा नाम राख्न लगाउने, नमाने विद्यालय खोल्न नपाउने नीति बनाएका छौँ। छिट्टै सार्वजनिक गरेर लागू गछौँ।’ उनका अनुसार महानगरपालिकाले बनाएको उक्त नीतिलाई बेवास्ता गरे कुनै निजी विद्यालयले स्कुल सञ्चालन गर्न पाउने छैनन्।

सम्बन्धित खवर

Back to top button