दुईजनाको मृत्यु, ६ घाइते ट्रक दुर्घटनामा

कोहलपुर, पुष ६,

विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको ट्रक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए। मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन। घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको  बताए का छन् ।

सम्बन्धित खवर

Back to top button