कोहलपुरमा स्वागत तथा सम्मान प्रदेश नं २ का प्रमुख तिलक परियारलाई प्रमुख परियारलाई


कोहलपुर
पुस/३
प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारलाइ कोहलपुरको चपरगौडीमा शुक्रबार स्वागत तथा सम्मान गरिएको छ । प्रदेश नं २ का प्रमुुुख भएपछि डेढ महिना पछि गृह बाँके जिल्ला फकिएका परियारलाई स्वागत तथा सम्मान गरिएको हो ।कोहलपुर नगरपालिका वडा नं १२ र १३ को आयोजनामा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुुुख परियारले आफ्नो क्षेत्रको विकासमा कुनै पनि राजनिति गर्नु नहुने बताए। खड्कवार घ्ईयाबारी सल्यान सडक खण्डको प्रसंगलाई जोड्दै उनले राजनितिक खिचातानीले विकासमा अवरोध पुग्ने हुदाँ विकासका लागी सबै राजनितिक दलका प्रतिनिधिहरु मिलेर जानुपर्नेमा जोड दिए ।











