अनियमितता भएको भन्दै स्थानीय चामल वितरण को विरोधमा

कोहलपुर

२०७६ पुस ७

हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको याङ्गचु वितरण केन्द्रमा चामल वितरण गर्दा अनियमितता भएको छ ।

स्थानीयलाई वितरण गरेर बाँकी रहेको ८८ बोरा चामल नियम विपरित वितरण हुँदा केही युवा समुहले वितरण केन्द्रमा ताला समेत लगाएका छन् । गाउँपालिकामा रहेका सबै नागरिकलाई समावेशी तवरमा चामल वितरण नगरिएको भन्दै केही स्थानीयले विरोध गर्दै केन्द्रमा ताला लगाएका हुन् । गाउँपालिका अध्यक्ष कर्ण रावलको नेतृत्वमा वडा अध्यक्ष, स्वास्थ्य शाखाका कर्मचारी, बैंकका कर्मचारी लगायतको टोलीले वितरण केन्द्रमा लगाएको ताला फोडेर चामल वितरण गरिएको छ ।

नियम बिपरित यसरी चामल वितरण गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । खाद्य संस्थान शाखा सिमकोटबाट खाद्यान्न लिदै आएका खार्पुनाथका नागरिकलाई यो पटकदेखि खार्पुनाथ गाउँपालिकाको याङ्गचु बगरमा वितरण केन्द्र स्थापना भएको छ । तर चामल बितरणमा भने विवाद भएको छ ।

 

सम्बन्धित खवर

Back to top button