राप्ती सोनारीकी उपाध्यक्ष खत्रीलाई हमलाको प्रयासप्रति ध्यानाकर्षण


कोहलपुर
२०७६ , पुष ८



बाँकेको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीलाई दिईएको धम्की र सांघातिक हमलाको प्रयासप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
बाटो अनुगमनको विषयमा उपाध्यक्ष खत्रीलाई आएको धम्की तथा सांघातिक हमलाको प्रायस प्रति जिल्लाको सात वटै स्थानीय तहका उप प्रमुखहरुले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले समेत उक्त घटनाको घोर भत्र्सना गरेको छ ।
पुष ४ गते राप्तीसोनारी गाउँपालिकाको कार्यकक्षमै पुगेका राप्ती सोनारी ४ बैजापुर निवनसी ठेकेदार मान बहादुर खड्काले बिनौनाचौकदेखि मधुवा जोड्ने पुलसम्मको बाटो बनाउने योजनाको विषयमा अनुगमनको फाईलमा हस्ताक्षर गर्न दवाव दिएपछि उपाध्यक्ष खत्रीले अनुगमन गरेर मात्रै हस्ताक्षर गर्ने प्रष्ट्याउँदा समेत ठेकेदार खड्काले उपाध्यक्ष खत्रीमाथी दुव्र्यवहार गरेको विज्ञप्तीमा लेखिएको छ । खत्री माथी दुव्र्यवहार, हातपात, धम्की र कार्यालय परिसरमा तोडफोड गरेको प्रति योजना अनुगमन समितिले विरोध गरेको छ । साथै राष्ट्रसेवक महत्वपूर्ण जिम्मेवारी पाएका सोही पालिकामा कार्यरत ईञ्जिनिअर दिपेन्द्र सापकोटाले समेत जनप्रतिनिधिलाई काम गर्न सहज वातावरण र सहयोग गर्नुपर्ने अवस्थाको उलंघन गर्दै खत्री माथी गरेको असहज र असहयोगप्रति विज्ञप्ती मार्फत खेद प्रकट गरेको छ ।