बस-मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

 

कोहलपुर

२०७६,पुस ८,

 

डडेल्धुरामा
बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका ११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन्। मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका १ लिसा कम्पनीनजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा गन्यापधुरा गाउँपालिका ३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका छन्। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बसचालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर

Back to top button