एक जना पक्राउ श्रीमती हत्याको आरोपमा
कोहलपुर
२०७६ पुस १०
घरायसी विवाद चर्कँदै गएपछि काजीमानले ३६ वर्षीया श्रीमती रमिला राईलाई लात्ती र मुक्का प्रहार गर्दा घाइते भएकी थिइन् । घाइते रमिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार एक छोरा र एक छोरीका बाबुआमा काजीमान राई दम्पती लागुपदार्थका दुर्व्यसनी रहेकाले पहिलैदेखि घरायसी विवाद हुँदै आएको थियो ।
घाइते श्रीमतीको मृत्यु भएपछि काजीमानलाई घरैबाट पक्राउ गरी लिएको प्रहरीले जानकारी दिएको छ