दुई चालकको मृत्यु ,पोखरामा जोल्टीङ दुर्घटना

कोहलपुर
२०७६,पुस १६

             पोखरामा सवारी दुर्घनामा हुँदा दुई जनाको ज्यान गएको छ। गएराती पोखराको पृथ्वीचोकबाट चाउथे तर्फ जाँदै गर्दा ठोक्किएका मोटरसाइकल र जीपलाई विपरित दिशाबाट आईरहेको बसले पुन: ठक्कर दिँदा मोटरसाइकल चालक र जीप चालकको मुत्यु भएको हो। दुर्घटनामा परी ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जीप चालक सरोज लामाको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका दुई सवारीसाधनलाई ठक्कर दिने ग १ ख ९४०५ नम्बरको बस काठमाण्डौंबाट बाग्लुङतर्फ जाँदै गरेको खुलेको छ। यो बसका चालक बाग्लुङका सन्दीप खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए।

 

सम्बन्धित खवर

Back to top button