सत्यवती गाउँपालिका माझी बस्ती निर्माण गर्दै

कोहलपुर
२०७६,पुस १८

      सत्यवती  गाउँपालिकामा रहेका २८ घर माझी र घर जग्गा नभएका २३ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिदिने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए। घर जग्गा नभएका २३ घर माझीमध्ये खैरेनीका १४ र अस्लेवाका नौ घरपरिवारका लागि एकीकृत वस्ती निर्माण गर्न गाउँपालिकाले टेन्डर प्रक्रिया समेत अगाडि बढाएको वडा नम्बर १ वडाध्यक्ष भीमलाल पाण्डेले बताए। माझीहरुका लागि भूकम्पको पुननिर्माण प्राधिकरणबाट तीन घर निर्माण भएको र अब दुई घर निर्माण गरिदिने गाउँपालिकाले जनाएको छ। एकीकृत वस्तीको घरमा ट्वाइलेट बाथरुम र किचनस पनि रहनेछ। वस्ती निर्माणका लागि एक करोड ७५ लाख रुपैयाँको बहुवर्षीय टेन्डर निकालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button