होटल व्यवसायी संघले खत्रीलाई आर्थिक सहयोग


कोहलपुर
२०७६,पुस २१
कोहलपुर घटनामा घाईते भएका विद्यार्थीको उपचारको लागि होटल व्यवसायी संघ बाँकेले रकम हस्तान्तरण गरेको छ ।



त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी नारायण खत्रीको उपचारको लागि संघले रकम हस्तान्तरण गरेको हो । संघले खत्रीको उपचारको लागि ६४ हजार ७ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
आइतबार एक कार्यक्रमका बिच खत्रीकी आमा जयान्ता खत्री उक्त रकम दिईएको हो । गत मंसिर २२ गते सोही विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । आन्दोलन उग्र भएपछि प्रहरीले नियन्त्रण गर्न हवाई फायर गरेको थियो ।
प्रहरीले चलाएको रबरको गोली खत्रीलाई लागेर घाईते भएका थिए । खत्री सहित अन्य विद्यार्थी पनि घाईते भएका थिए । खत्रीको पिसाब नलीमा रबरको गोली लागेको छ । गोली निकाल्नका लागि ७÷८ लाख रुपैयाँ रकम लाग्ने अनुमान गरिएको छ ।