चितवनमा अवैधरुपमा यौनधन्दा


कोहलपुर
२०७६,पुस २२



चितवनमा जिल्ला प्रहरी कार्यालय चितवनको टोली अवैध यौन धन्दामा संलग्न भएको आरोपमा ९७ जनालाई नियन्त्रमा लिएको हो। यौनजन्य क्रियाकलाप रोक्न अभियान अन्तर्गत भरतपुर र आसपासका होटल, रेष्टुरेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । चितवन प्रहरीले लागूऔषध दुर्व्यसनी, यौनजन्य क्रियाकलाप र सामाजिक विकृतिजन्य गतिविधिप्रति कडा निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। विभिन्न स्थानमा छापा मार्दा ९७ जनालाई आपत्तिजनक अवस्थामा फेला पारेपछि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।








