लकडाउन प्रभावितलाई राह’त वितरण गर्दै रेणु दाहाल


चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १४ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित भएकाहरुलाई राह’त वितरण गरेको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहले राहत हस्तान्तरण गरेका छन् । भरतपुर १४ को वडा कार्यालयले शिवनगर, शन्तिपूर,सुन्दरवस्ती र राधापुर गरी कुल ५९८ जनालाई राहत बितरण गरिएकाे हो ।
वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राह’त वितरण गरेको वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए ।
राहत सामग्री चामल, अण्डा लगायत रहेको थियो । सिदार्थ एण्ड श्र्लोक पोल्ट्री प्रा.ली एस. एस फिड्स प्रा..लिले ६ सय क्रेट अण्डा उपलब्ध गराएको थियो ।



कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नि’यन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राह’त दिने सरकारले निर्णय गरेको थियो ।
उक्त राहत वितरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहल, उपमेयर पार्वती शाह, वडा अध्यक्ष ओमप्रसाद पोखरेल, सचिव चन्द्रकान्त कोइराला, शिवनगर टोल विकास संस्था अध्यक्ष बन्दसिङ्ग गुरुङ्, शिवनगर गरिबी तथा साना किसान सहकारी संस्थाको अध्यक्ष सिर्जना पाण्डे लगायतको उपस्थितमा राह’त वितरण गरिएकोे थियो ।