डडेल्धुरामा कोरोना परीक्षण केन्द्र बनाउन माग


डडेल्धुरा,२४ चैत्र : डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन माग गरिएको छ। डडेल्धुराका ५ राजनीतिक दलले डडेल्धुरा अस्पताललाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन माग गरेका हुन्।
संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमकै एकमात्र डडेल्धुरा अस्पताललाई कारोना परीक्षण केन्द्रको रूपमा तत्काल व्यवस्थित गर्न सरकारसँग माग राख्दै सोमबार डडेल्धुरास्थित ५ राजनीतिक दलले ध्यानाकर्षण गराएका हुन्।



सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रमा रहेको उक्त अस्पतालमा तत्काल पिपिईलगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गर्नसमेत यहाँका राजनीतिक दलहरूले सरकारसँग माग गरेका छन्।








