वडा अध्यक्ष शाहीकाे व्यक्तिगत खर्चमा क्वारेन्टीनमा बसेकाहरुलाई राहत


जाजरकाेट : जिल्लाकाे जुनीचाँदी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष रामबहादुर शाहीले क्वारेन्टीनमा बसेका १८ जनालाई व्यक्तिगत खर्चमा राहत सामग्री उपलब्ध गराएका छन् । कामकाे सिलसिलामा भारतकाे सिम्लाबाट गाउँ फर्केका वडा नम्बर ९ र १० का १८ जनालाई अध्यक्ष शाहीले व्यक्तिगत खर्चमा पूरै क्वारेन्टीन अवधिभर खाने र बस्ने व्यवस्था गर्नुका साथै परिवारका अन्य सदस्यहरुका लागि राहत सामग्री उपलब्ध गराएका हुन् ।
ज्याला मजदुरी गर्न भारतकाे सिम्ला गएर फर्केका उनीहरुलाई चैत ९ गतेबाट घरपरिवारबाट अलग्याएर राखिएकाे थियाे । गाउँ फर्केका सबैजनालाई १४ दिन क्वारेन्टिनमा राखिएकाे अध्यक्ष शाहीले बताए । उनका अनुसार श्री पञ्चला माध्यमिक विद्यालय, दह पञ्चालालाई क्वारेन्टीनकाे रुपमा प्रयाेग गरिएकाे थियाे ।

स्वास्थ्यकर्मीकाे प्रत्यक्ष निगरानीमा रहेका उनीहरुमा कुनै पनि काेराेना भाइरसकाे लक्षण नदेखिएपछि घर फर्काइएकाे छ । उनीहरुलाई घर फर्काउँदा वडा अध्यक्षकाे आफ्नै व्यक्तिगत खर्चमा एकएक बाेरा चामल, साबुन र ब्रस-मन्जन लगायतका राहत सामग्री उपलब्ध गराएकाे स्थानीय शान्तबहादुर टमटाले जानकारी दिए ।



राहत सामग्री लिएका रामबहादुर टमटाले वडा अध्यक्षकाे प्रशंसा गर्दै भने ‘यिनी त हाम्रो लागि भगवान जस्तै हुन्, यिनीले हाम्रो लागि धेरै काम गरेका छन् ।’ अर्का राहत सामग्री पाएका शान्तबहदुर टमटा भन्छन् ‘हामी दु:खी गरिबका लागि अध्यक्ष भगवान हुन् ।’
विश्वभर महा’मारीकाे रुप लिइरहेकाे काेराेना भाइरस (काेभिड-१९) काे नेपालमा पनि जाे’खिम बढेपछि सरकारले देशैभरी एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक पालिकाबाट अर्काे पालिका जान नमिल्ने गरी लकडाउनकाे नीति लागू गरेकाे छ । अहिलेसम्म नेपालमा पनि ९ जनामा काेराेनाकाे संक्रमण भएकाे पुष्टि भैसकेकाे छ । यही लकडाउनबाट प्र’भावितलाई विभिन्न व्यक्ति, संघसंस्था र नेपाल सरकारबाट आवश्यक राहत सामग्री बाड्ने काम भैरहेकाे छ ।








