डडेल्धुरा अस्पतालले स्क्रीनिङ गर्न सुरु : निमित्त मेसु




डडेल्धुरा ,२५ चैत्र:
सुदुरपश्चिममा चार जनामा कोरना भाईरसको संक्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रेनिङ गर्ने कार्यलाई तिव्रता दिएको छ । भारत सहित तेस्रो मुलुक वाट आएका मानिसहरुमा कोरना भाईरसको लक्ष्ण देखिएमा उनिहरुको स्क्रेनिङ गर्न थालिएको छ ।
सामान्य ज्वरो देखी रुघा खोकी लागेका मानिसहरुको पनि स्वाब परिक्षणका लागि पठाउन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेसु डा.जगदीश चन्द्र विष्टले बतानु भयो । सुदुरपश्चिममा कोरना भाईरसको संक्रमण देखिएसंगै डडेलधुरा अस्पतालमा दिनहु दुई तिन जनाको स्क्रेनिङ गरेर स्वाब परिक्षणका लागि धनगढी पठाईने साथै एक साता भित्रमा ७ जनाको स्वाब संकलन गरि पठाइएको छ । जस्मा दुई जनाको नेगेटिभ रिपोट आएको छ, भने वाँकीको रिपोट आउन वाँकी रहेको डडेलधुरा अस्पतालका ल्याव ईन्चार्ज ईश्वरी भुषालले बतानु भयो ।
हाल डडेल्धुरा अस्पतालमा दुई जना आईसुलेसनमा रहेका छन् भने उनिहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी गराएको छ ।