कोहलपुरको आठ नम्बर वडामा राहत वितरण


कोहलपुर, २६ चैत : कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरीले राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न वडाबासीहरु कोही पनि भोकै बस्न नपरोस् भनेर राहत वितरण गरिएको वडा अध्यक्ष रेशम खत्रीले जानकारी दिए ।
वडा अध्यक्ष खत्रीकै पहलमा राहत वितरण गरिएको हो । सबै राजनीतिक दलहरुसँग सहकार्य गरी राहत वितरणको अभियान थालिएको वडा कार्यलयले जनाएको छ । विपन्न घर पहिचान गर्दै राहत वितरण जारी गरिएको वितरण सहयोगी पुर्ण प्रसाद पौडेलले जानकारी दिए ।



सर्वदलीय राजनीतिक सहमति अनुसार नेपाली कांग्रेसको प्रतिनिधितत्व गर्दै कांंग्रेस वडा सभापति बेल बहादुर बस्नेत, पूर्ण प्रसाद आचार्य लगायत अन्य पार्टीका कार्यकर्ता तथा समाजसेवीहरुबाट राहत वितरण गरिएको हो ।








