‘अपरिचित विदेशी नम्बरबाट मिसकल आए फाेन नगर्नुहाेस्’


काठमाडाैं, ३ बैशाख : विदेशका अपरिचित नम्बरबाट फाेन आएमा नउठाउन नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराएकाे छ । विगत केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकाेले त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हाे ।
खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ ।



विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने गरेकामा त्यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा फोन नगर्न प्राधिकरणले प्रयोगकर्तालाई सुझाव दिएको छ । त्यस्तै म्यासेज नपढ्न र त्यहाँ आएका लिङ्क पनि नखोल्न प्राधिकरणले सचेत गराएको छ । प्रयोगकर्ता आफैँले फोन र म्यासेज नगरेसम्म त्यसबाट कुनै हानि नहुने प्राधिकरणले जनाएको छ ।
विगत केही दिनयता खासगरी नेपाली भाइबर प्रयोगकर्ताको नम्बरमा यस्तो एक घन्टीमै रोकिने गरी अपरिचित नम्बरबाट मिस्ड कल आएको पाइएको छ । पछिल्ला समय नेपालमा केही कम्पनीका ग्राहकका डेटा बाहिरिएपछि त्यहाँ प्रयोग भएको नम्बरमा यस्तो फोन आएको आश’ङ्का गरिएको छ ।
प्राधिकरणले त्यसरी बाहिरिएको फोन नम्बर तथा इमेलको दुरुपयोग नगर्न पनि यसअघि सचेत गराइसकेको छ । दु’रुपयोग गर्नेलाई कानुनअनुसार का’रबाही अगाडि बढाइने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।








