कोहलपुर ११ नम्बर वडामा दैनिक ज्यालादारी गर्नेलाई रा’हत वितरण


कोहलपुर, ४ वैशाख : बांँकेको कोहलपुर नगरपालिका-११ मा दैनिक ज्याला मजदुरी गर्नेलाइ रा’हत वितरण गरिएको छ । कोहलपुर ‘जेसिज’को आयोजना र कोहलपुर वडा नम्बर ११ का वडाअध्यक्ष कर्ण बहादुर थापाको वि’शेष पहलमा दैनिक ज्याला मजदुरी गर्नेलाइ रा’हत वितरण गरिएको हो ।
सयुक्त राष्ट्र संघले तय गरेको १७ वटा दिगो विकासका लक्ष्य मध्ये २ नम्बरको ए’जेन्डा ‘जिरो ह’ङ्गर’को मूल ना’रालाई आत्मसात गरी कोहलपुर ११ मा बस्ने ज्याला मजदुरी गर्नेहरुलाई रा’हत वितरण गरिएको कोहलपुर जेसिज वर्ष २०२० का अध्यक्ष संघम खनालले जानकारी दिए ।



प्रत्येक ब्यक्तिलाई चामल १३.५ केजी, सोयाबिन २.५ केजी, तेल २ लिटर, दाल २ केजी र फलफूल वितरण गरिएको अध्यक्ष खनालले बताए । अध्यक्ष खनालका अनुसार ना’जुक अ’वस्थामा रहेका १५ जनालाई राह’त वितरण गरिएको हो ।
कोहलपुर जेसिजका अध्यक्ष, कोहलपुर नगरपालिका, वडा नम्बर ११ का वडाअध्यक्ष र सम्पुर्ण जेसिज पदाधिकारीको स’क्रिय सहभा’गितामा राह’त वितरण गरिएको हो ।