युवाहरुद्वारा खुवाउने र पठाउने अभियान सुरु


बाँके, ५ वैशाख : बैजनाथ गाउँपालिका १ चिसापानी बाँकेका पुनित शाह नेतृत्वको युवाहरुद्वारा शुक्रबारबाट पैदल हिड्दै गरेका कर्णाली प्रदेश (जुम्ला, जाजरकोट, कालिकोट, सुर्खेत र दैलेख) का अलपत्र दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खानाको ब्यवस्था सहित कर्णाली प्रदेशको सिमाना बबई सम्म यातायात ब्यवस्थापन गरि पठाउने कार्य गरेका छन्।
लकडाउनपछि नेपाल भित्रका विभिन्न जिल्लामा मजदुरी गर्न गएका मजदुरहरु फर्कदा कयौं दिनको पैदल हिडेरै घर सम्म पुग्ने गरेका छन ।



उनिहरुको अनुसार झन्डै १० -१४ दिन सम्मको यात्रामा हिडेर थकित र बाटोमै सुतेर पैदल हिंड्ने ति पीडितका लागी शुक्रबार देखी मानविय हिसाबले आफ्नो तर्फबाट सक्दो सहयोग अभियान सुरु गरिएको स्थानीय भुपाल शर्माले बताए ।
पिडितहरुले भने संसारका देशले आफ्ना नागरिकलाई जहाजमा गद्दार गरेको सुन्दासुन्दै पैदल हिंड्ने हामीहरुलाइ यति बिजोक हुदा सम्मा लाचार बन्नु निन्दनिय भएको र यस्तो कार्यले कोरोन संक्रमण झनै बड्ने स्थिति रहेको दुखेसो पोखेका छन्।
यता सरकार भने यो मस्या समाधानमा ठोस निर्णय गर्न सकेको छैन मजदूर हरुको अवस्था भने काहालीलाग्दो छ।