आमाकाे मुख हेर्ने दिन, दुई आमा काेराेना जितेर घर फर्किए

काठमाडाैं, ११ वैशाख : हिन्दु धर्म अनुसार आज कुशे औ‌ंशी अर्थात आमाको मुख हेर्ने दिन । आजकै दिन काेराेना संक्रमित दुई आमाले कोरोनालाई जितेर घर फर्किएका छन् । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्‍ने ८१ वर्षीया वृद्धा र कैलाली, लम्की चुहा नगरपालिका वडा नम्वर १ घर भएकी आमाले कोरोनालाई जितेर घर फर्किएकी हुन्।

पाटन अस्पतालको आइसोलेसनमा उपचाररत ८१ वर्षीय आमा आफ्नी ५२ वर्षीय छोरोसँगै कोरोनालाई जितेर घर फर्किएकी हुन् । चैत ४ गते बेलायतको लण्डनबाट आएकी उनी, छोरा र बुहारीमा र्‍यापिड टेस्टमा कोरोना देखिएको थियो।

त्यसपछि भएको पीसीआर परीक्षणमा आमा र छोरालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। तर बुहारीमा भाइरसको संक्रमण देखिएको थिएन। संक्रमण हटेपछि आमा छोरालाई बिहीबार डिस्चार्ज गरिएको छ।

सुदूरपश्‍चिम कैलालीकी कोरोना संक्रमित वृद्धा आमा पनि कोरोनालाई जितेर आजै घर फर्किएकी हुन्। लम्की चुहा नगरपालिका वडा नम्वर १ घर भएकी वृद्ध आमालाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रबक्ता जगदिश जोशीले जानकारी दिए । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खवर

Back to top button