सम्पादक ललित पहाडीलाइ कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

कोहलपुर,१७,बाँके :- सत्कार पोष्टका सम्पादक एवं के.एच.सि.हस्पिटलका सञ्चालक ललित पहाडीलाइ दोस्रो चरणको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अचानक स्वासप्रस्वास र छातिमा समस्या देखिएपछि पिसिआर परिक्षेण गर्दा कोरोना पोजेटिभ देखिएको हस्पिटल स्रोतले जनाएको छ । करिव ५ दिन देखि नै बिरामी अवस्थामा रहेका उनको स्वस्थमा सुधार नभपछि सुक्रबार पिसिआर परिक्षेण गरिएको थियो।

हाल छाती र स्वासप्रस्वासमा केही समस्या देखिएपनि अन्य स्वास्थ्य अवस्था सामान्य नै रहेको कोरोना बिषेश अस्थायी हस्पिटल कोहलपुरका डाक्टर सन्तोष बि.सि.ले जानकारी दिएका छन् । अहिले कोरोना बिषेश हस्पिटलमा डाक्टर डिलाराम सत्याल र ललित पहाडी लाइ संगै आइसोलेसनमा राखेर उपचार प्रकिया सुरु गरिएको र अवस्था जटिल बने एनजिएमसि आइसियुमा रिफर गरिने कोभिड हस्पिटलले जनाएको छ ।

कोरोना भाइरस आफुले सोचेकाे र प्राप्त गरेको आत्मा विस्वास भन्दापनि शक्तिशाली महशुस भएको सम्पादक पहाडीले जनाएका छन्। यो संगै आफ्नै हस्पिटलमा कोभिड उपचार सेवा सुरगर्ने तयारी केहि समयका लागि स्थगित भएको बताएका छन्।

सम्बन्धित खवर

Back to top button