नुहाउन गएका तिन बालक पानीमा डुबेर मृ’त्यु


बैशाख ११ कोहलपुर : बाके जिल्लाको बैजनाथ गाउँपालिका ३ पितमारीको निर्माणधिन कारागारमा बन्द गरेको नालामा नुहाउन गएका बैजनाथ गाउँपालिका २ का स्थानीय बर्ष १३ को नबिन परियार बर्ष १२ को अनिल रावत र बर्ष १२ का नरेश कुवर तिन जना मृत अवस्थामा फेला परेका छन् । लामो समयदेखी निर्माणकार्य भैरहेको कारागार का लागी चौकिदार समेत नरहेको स्थानीय अजय बैगारले बताए।



बैगारले यस अधिपनि धेरै पटक यो पानी खोलिदिनु यहाँ बच्चाहरु डुब्न सक्छन् भनेर संबंधित ब्यक्तिहरुलाई दशौ पटक भन्दा पनि पानी खोलिएन अझै हामीलाई आवश्यक पर्छ भनेर बग्ने नालाको पानी बन्दगरेर राखियो । त्यही निर्माण कम्पनीको लापरबाहीले गर्दा दु’र्घटना घटेको बताए।
स्थानीय सरकारले यसको नियमन बेलैमा नगर्दा आफ्ना बालकहरु को मृत्यु भएको अभिभावकको गुनासो छ। स्थानीय समाजसेवी निखिल बैगारले स्थानीय सरकार र निर्माण कम्पनी दुबै यसको दोषीभएको बताएका छन ।
स्थानीय सरकारका प्रतिनिधिलाई पटक पटक यो ब्यवस्थापन गर्नुपर्यो, पानी खोल्न लगाउनुपर्यो भन्दा ढिला सुस्ती गरेर यो अवस्था शृजना भएको भनि आक्रोश पोखेका हुन ।
निर्माण कम्पनी ले चौकिदार सम्म ब्यवस्थापन नगर्नु पटक पटक पानी खोल्नु भन्दा पनि हामीलाई आवश्यक पर्छ भनेर बग्ने पानीको नाला रोकेर राख्नु निर्माण क्षेत्र घेराबार नगर्नुलाई स्थानीएले गैरजिम्मेवार हुन नमिल्ने बताए ।
मृतक तिनै जना बालकलाई पोस्टमार्टम का लागी भेरि प्रादेशिक अस्पतालमा लगिएको बिस्तृत जानकारी आउन बाकी रहेको ईलाका प्रहरी कार्यलय कोहलपुरले जानकारी दिएको छ । रिपोर्ट – कुशल दर्लामी