कोरोना बिरामीमुक्त काठमाडौं : प्रधानमन्त्रीले खुशी बाँडे


काठमाडौं, १२ वैशाख : काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन । हाललाई आफूलाई सन्तोष लागेको बताएका हुन् । विश्वभर माहामारीका रूपमा फैलिरहेकाे काेराेना संक्रमितहरू निकाे हुँदै घर फर्किरहेपछि प्रधानमन्त्री ओलीले सुखद खबरका रूपमा खुशी व्यक्त गरेका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको भन्दै खुशी व्यक्त गरेका हुन् ।



ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’