लकडाउनले उब्जाएका मेरा बिचारहरु – अम्मर कटुवाल


बन्दकाेठा भित्र बसिरहेर किताबहरु अध्ययन गरिहदा देशकाे वर्तमान परिस्थिति केलाइरहदा मनमा लागेका केहि आफ्ना विचारहरु शब्दमा काेर्ने प्रयास गरेकाे छु । मानिस जगतकै सर्वश्रेष्ठ बिकसित प्राणि भएता पनि प्रकृति र परिस्थिति भन्दा माथि काेहि पनि हुन सक्दैन वर्तमान समयमा बिश्वका हरेक नागरिकले याे विषम परिस्थितिकाे सामना गरिरहेका छन्। याे समयमा हरेक मानिसलाई ज्यानभन्दा ठुलाे धनसम्पति हुदै हाेइन भन्नेकुराकाे साहस दिलाएकाे छ ।
आज कैयाैँ वर्ष देखि गाँउकाे मुहार नदेखेका र शहरकाे रमझममा हराएका मानिसहरु गाँउपसेका छन् कैयाैँ वर्ष बिछडिएका परिवारसंग मिलनभएकाे छ स्मरण रहाेस् उनिहरु गाँउ र परिवारकाे मायाले पक्कै अाएका भने हाेइनन् शहरमा राे’ग र भाेकले मरिन्छ कि भन्ने पिरले गाउँ फर्केका हुन्।



अहिलेकाे याे विश्व म’हामारिकाे समयमा मैले धेरै किसिमका मानिसहरु देख्ने गरेकाे छु काेहि लकडाउनकाे बेला घरमा बसिबसि खादाँ ढाेकाबाट छिरिदैनकि भन्ने पीर बाेकेका त काेहि “राे’गमारी हाेइन बरु भाेकमारीले चाँहि पक्कै मरिन्छ ” भन्ने पीर बाेकेका विपन्ना नागरिकहरु त्यस्तै राेजगारिकालाई प्रदेशिएका र घरबाटटाढा रहेका आफ्नो जन्मथलाे पुग्ननपाई यतै मरिन्छ कि भन्ने पीरसंगै घरपुग्ने सपना बाेकेका नेपाली दाजु भाई दिदिबहिनीहरु र यस्ताे कठिन परिस्थितिमा पनि आफ्नो राजनितिक रङ देखाउन र ल’ज्जास्पद ब्यवहार प्र’र्दशन् गर्न पछि नपर्ने नेता ज्युहरु यत्रतत्र देख्ने गरिन्छ ।
दिनरात नभनेर खालि पेटमा खालि खुट्टै र’गतचुहाउदै गन्तब्यतिर लम्किरहेका मजदुरहरुकाे अवस्था अनि खान नपाएका मजदुरी गरी खाने मानिसहरुकाे चिच्चहाट सुन्दा पक्कै पनि देशकाे शासन व्यवस्था फितलाे र नागरिकप्रति गैरजिम्मेवार भएकाे महसुस् जाे काेहि लाई पनि हुन्छ् ।
जनता हरबखत नेता र शासन ब्यवस्थाप्रति रुष्ट हुनु पछाडिको मुख्यकारण कताकता सहि नेतृत्वशैली अभाव खड्किरहन्छ । बास्तवमै भन्ने हाे भने हाल हाम्राे नेताहरुले अपनाइरहेकाे शैली भनेकाे चतुर्याइँ शैली हाे । हिटलरले संसदमा भुत्ल्याएको कुखुराकाे भालेकाे कथा जस्तै छ हाम्रो व्यवस्था चुनावकाे समयमा नानाथरी आश्वासन र भाषण दियाे लाेभलालच देखायाे । त्यसपछि पावर र सत्ता हत्याइसके पछि जनताकाे घरमा नुन होस या नहाेस् आफ्ना लागि सुनकाे महल बनाउन सुरु गरिहाल्छन्।
राजनीतिकाे खाेल ओड्ने बित्तिकै जाे काेहि पनि भ्र’ष्ट बनिहाल्ने वि’कृति बढिरहेकाे छ । र त नेता र सत्ता प्रति हरकाेही नागरिकले विश्वास गर्ने वातावरण छैन् नेतालाई तालिदिने भनेकाे उनीहरुका झाेले कार्यकर्ताहरुले मात्र हाे नत्र गाली गर्ने मात्र भेटिन्छन्। यति भनिरहंँदा देशमा कस्ताे नेतृत्व शैली र शासन व्यवस्थाकाे आवश्यकता छ भन्ने प्रश्न पनि आउँछ । खासमा वर्तमान देशमा व्यवहारिक र सैद्धान्तिक दुबै हिसाबले खारको नेतृत्वको आवश्यकता महशुस हुंँदै आएको छ ।
जुन आफ्नो हरेक काममा विज्ञ हुन्छ र क्षमतापूर्ण एवं सम्बन्धितक्षेत्रमा राम्राे दखल राख्ने र ज्ञान भएकाे हुन्छ यस सन्दर्भमा विज्ञ नेतृत्व हुँदा हरेक कार्य गर्न सहज हुन्छ । देशमा जस्ताे परिस्थिति आउंँछ त्यससंग जुध्नका लागि विज्ञ नेतृत्वकर्ताको आवश्यकता खड्किरहन्छ ।
यति भन्दै गर्दा विशेषज्ञ शैलीकाे आवश्यकता किन भन्ने प्रश्न पनि आउँछ । देश संघीयतामा गइरहंँदा देशभरिका ७ प्रदेशका ७५२ स्थानीय निकायका वडा अध्यक्ष, सदस्य वा गाउपाँलिका अध्यक्षकाे हकमा नै हेर्ने हाे भने कति अनपढ र गवारहरुले अध्यक्षकाे कुर्सि सम्हालिरहेका छन् कतिपयले सिफारिसमा हस्ताक्षर गर्न पनि हातकमाउछन् र कतिलाई त पावरवला चस्माकाे आवश्यकता पर्छ ।
कहाँ लेखिएकाे छ ? अध्यक्ष, सदस्य, सांसद, मन्त्री, प्रधानमन्त्री र राष्टपति बन्नका लागि कुन पदका लागि कसकाे याेग्यता कति चाहिन्छ ? सामान्य सरकारी कर्मचारी बन्नका लागी याेग्यता चाहिन्छ भने के गाँउ, जिल्ला, प्रदेश र सिङ्गाे देश हाँक्ने जिम्मेवारी लिने ब्यक्ति याेग्यतावान, क्षमतावान हुनु पर्दैन ?
त्यसैले मेरो लकडाउन अवधिभरको अनुभवले जरुर रुपमा सक्षम नेता र हर निकायमा योग्य र जनाताप्रतिको वफादार नेतृत्वको महशुस गरायो । अबकाे नयाँ पुस्ताले याेग्यता र क्षमतावान उच्च प्र’दर्शन गर्दै नेतृत्व ग्रहण गर्न तमतायर हुनु आजको तड्काराे आवश्यकता देखिन्छ।








