कोरोना संक्रमित संख्या २०८ पुग्यो

काठमाडौं, ३० वैशाख : नेपालमा आजै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंँगै नेपालमा कोरोना संक्रमित संख्या २०८ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै यसअघि ५७ जनामा पुष्टि भएको थियो । मंगलबार मात्र ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर

Back to top button