आज थप २ जनामा कोरोना संक्रमण

काठमाडौं, ३१ वैशाख : नेपालमा आज बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १/१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो । बाँकेका युवकको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलवस्तुका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गरिएको थियो ।

उनीहरु दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएको दुई संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button