थप पाँच जनामा कोरोना पुष्टि, संक्रमित संख्या २५०


काठमाडाैंं, १ जेठ : नेपालमा थप पाँच जनामा काेरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।



मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धनुषाकाे जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाका २० वर्षीय महिला, महाेत्तरीकाे जलेश्वर नगरपालिकाका १६ वर्षीय किशाेर र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा संक्रमितकाे संख्या २५० पुगेकाे छ । ३५ जना उपचार पछि निको भएका छन्।
आज विहान मात्रै दुईजनामा कोरोना पुष्टि भएको थियो भने बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।