उपत्यकामा लकडाउनलाई थप कडाइ गरिने


काठमाडौं, १ वैशाख : काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने निर्णय गृहमन्त्रालयले गरेको छ । उपत्यका भित्रका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामा समेत कडाइ गर्नुपर्ने माग मेयरहरुले राखेका थिए । बैठकमा सहभागी एक अधिकारीका अनुसार काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि एकमत भएको छ । यस्तै सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो ।



गृहमन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार काठमाडौंमा लकडाउन खुकुलो पारे परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बैठकमा सहभागी सबैले चिन्ता व्यक्त गरेका थिए ।








