काठमाडाैं, ३ जेठ : नेपालमा थप दुई जनामा कोरोना स’ङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्र’योगशालामा गरिएको परीक्षणमा धनुषाका २० वर्षीय युवक र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।