अष्ट्रेलियामा रहेका नेपाली युवाहरुद्वारा एकता नेपाललाई सहयाेग

चितवन, १० जेठ : भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेकाे एकता नेपाल संस्थालाई अष्ट्रेलियामा रहेका नेपाली युवाहरुले सहयाेग गरेका छन् । विश्वमहामारी रुपमा रहेकाे काेराेना भाइरसकाे जाेखिमकै बीच आफूहरु विदेशमा रहेर पनि नेपाली चेलीहरुकाे गाँसबासका लागि सबै साथीहरु मिलेर अष्ट्रेलियाबाट सहयाेग गरेकाे दिपक थापाले बताए ।

चामल, दाल, नुन, तेल, स्यानीटाइजर र माक्स लगायतकाे सामानहरु पठाएर संस्थाकी सञ्चालक तथा संस्थापक अध्यक्ष शान्ता घलेलाई हस्तान्तरण गरिएकाे थापाले बताए । ‘कसैलाई खातैखात, कसैलाई पुर्पुराेमा हात’ भने झैं नहाेस् भनी भरतपुर-४, लंकु चितवनका लाेकदाेहाेरी गायक तथा समाजसेवी दीपक थापाले मेलवर्न अष्ट्रेलियामा रहेका सहयाेगी साथिहरुसँग हातेमालाे गर्दै सहयाेग जुटाएका हुन् ।

उक्त संस्थाले कुलतमा फसेका चेलीबेटीहरुलाई सुधार र पुनर्स्थापनाकाे काम गरिरहेकाे छ । संस्थाकी अध्यक्ष शान्ता घले भनछिन्, ‘यसरी कुलतमा फसेका दिदीबहिनीहरुलाई सरकारले नै हेरिनु पर्ने हाे । तर सरकारले त्यसाे गरेकाे छैन् । कुलतमा फसेकाहरुलाई घरपरिवार, समाजबाट हेला गरिने हुनाले यस्ता महिलाहरुलाई सरकारी पक्षबाट एकदम सचेत गराउनु पर्ने हाे ।’

घलेले आँखाबाट आँशु बगाउँदै भनिन्, “मेरा अतीत नै यिनीहरुकाे पुनःस्थापनामा खर्चिएकाे छु, आज हामी धेरै नै खुशि छाैं ।’ अध्यक्ष घलेले यस्ता चेलीबेटीकाे अभिभावक बनेकाे बताउँदै भनिन्, ‘मैले पनि यिनीहरुकै समस्या भाेगी आज सुध्रिनुमा अभिभावक बनें । सहयोग माग्न कहाँ जानू तैपनि संरक्षण मात्र गरिदिन पाए भाेलि यिनीहरुकाे भविष्य राम्रो हुने थियाे, हाल मैले कुनै ठाउँमा नि राहत मागेकाे छैन् । जसरी पाल्न सकिन्छ मैले नै पाल्छु ।’ सहयाेगीहरु प्रति नतमस्तक हुँदै संस्थाका चेलीबेटीका माइती सम्झिएर आइदिनु भाे भन्दै घले खुसी भइन् ।

एकता नेपाल संस्था मार्फत सहयाेग पाएकाहरु खुसी भएका छन् । काेराेना भाइरसकाे याे महामारीमा पनि चेलीबेटीलाई माया गरिदिनु हुने नेपाली मनका धनी अष्ट्रेलियामा रहनु भएकाे दाजुभाइलाई सम्झना स्वरुप हामी कुलतमा फसेका चेलीहरुकाे तर्फबाट शुभकामना सुनाइदिनु हाेला भनी भक्कानिंदै एक चेपाङले भनिन् ।

उनले भनिन्, “हामी कुलतमा फसेकाे पत्तै भएन । हाल हामीलाई यसरी माया गर्दै संस्थाकाे प्रेस सल्लाहकार एवम् प्रवक्ता समेत रहनु हुने डीलकुमारी नेपाल(पत्रकार) दिदिकाे याे माया सँधै पाउँ ।”

यसै संस्थाकी काेषाध्यक्ष घलेले भनिन्, “यिनी बालबालिका भाेलिका कर्णधार हुन् तर नेपालका संरक्षक तहमा नै यस्तै मानिसहरुलाई पैंसा कमाउने धन्दामा लागेर उनीहरुले नै लागुऔषध पास गर्ने गरेकाे सुन्दा आफूलाई नमजा लाग्ने थुप्रै घटनाहरु छन्, यस्ता घटना नदाेरियाेस् ।”

जसले विश्वव्यापी महामारी काेराेना भाइरसकाे जाेखिम परिस्थितिलाई केही राहत हाेस् भनी गरेकाे सामाजिक साेचलाई संस्थाका बहिनीहरुले आजीवन नभुल्ने सुनिता नेपालीले बताइन् । इशा प्रजाले आशावादी हुँदै भनिन्, “अझै हामी महिलाहरुका लागि स्यानीटरी प्याड उपलब्ध गराई दिनुभएकाे भए हामी अझै खुशि हुने थियाैं ।”

सम्बन्धित खवर

Back to top button