क्वारेन्टीनमै एकजनाको मृत्यु


बर्दिया, १४ जेठ : बर्दियाको एक क्वारेन्टिनमा बसेका पुरुषको ज्यान गएको छ । गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का ५५ वर्षीय पुरुषको बुधबार बिहान ज्यान गएको हो।
अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । कामदारको रुपमा अछाम पुगेका उनी जेठ ८ गते डोटी–कैलाली हुँदै १३ गते बर्दिया प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।



मृत्युको कारण भने खुलेको छैन। कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब निकालिएको र रिपोर्ट आएपछि मात्र शब व्यवस्थापन गरिने प्रजिअ लामिछानेले बताए ।








