दाङमा फेरि ९ मा कोरोना पुष्टि


दाङ, १९ जेठ:दाङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । एक वालिका, एक महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. १ मा ११ वर्षीया वालिका र ३० वर्षीय पुरुष, वडा नं. २ का १९वर्षीया महिला, २६, ४०, ४५ र ४६ वर्षीय पुरुष त्यसैगरी वडा नं. ५ का ५३ वर्षीय पुरुष र वडा नं. १७ का २०
वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभयो । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । यी मध्ये गढवाका एकजना निको भएर घर फर्किसक्नु भएको छ ।











