सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि


काठमाडौं, २१ जेठ:सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र वैतडीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले बताएको छ ।
नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका-५ का हुन् ।



यस्तै डोटीको पूर्वीचौकी-४ का २२ वर्षीय युवक र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ ।नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।








