वातावरण दिवसमा जेसिस द्वारा कोहलपुरमा वृक्षारोपन

जेठ २३ कोहलपुर : विश्व वातावरणरण दिवस को अवसर बाँकेको कोहलपुरमा वृक्ष रोपन कार्यक्रम गरिएको छ।
कोहलपुर जेसिस ,जुनिनियर जेसिस र सक्षम युवा क्लबको आयोजनामा गरिएको उक्त कार्यक्रमको नारा
“जेसिसको मुल मन्त्र मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो” भन्ने रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रहेका कोहलपुर जेसिसका अध्यक्ष पवन थापाले
अहिलेको अवस्थामा वातावरण दिवस मानव जिवनको लागि महत्वपूर्ण दिनको रुपमा रहेको र यसको महत्व सबैले बुज्नु पर्ने धारण राखेका थिए भने रुख रोप्नु मात्रै भन्दापनि जोगाउनु ठुलो कुरा रहेको बताएका छन।

कोहलपुर जेसिस वर्ष २०२० का अध्यक्ष संगम खनालले सबले एकसाथ मानव स्वस्थ र सुन्दर जिवनका लागि वनजङ्गल को तारिफर गरि नसकिने भन्दै यसको संरक्षण र सम्बर्द्धनमा आम मनिसले सोच्नु पर्ने बताए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सभापति, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, पर्बत समाजका अध्यक्ष र जेसिसका सम्पुर्ण पदाधिकारीको उपस्थित रहेको सत्कार प्रतिनिधि यमुकडेलले बताए। कार्यक्रम बिहाना ८ बजेतिर गरिएको थियो।

सम्बन्धित खवर

Back to top button