एक स्थानीय तहका वडाध्यक्ष ३ लाख घुससहित पक्राउ


काठमाडौं, २४ जेठ: पाल्पाको एक स्थानीय तहका वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका हुन् । शनिबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो । सैनामैना नगरपालिका १० सालझण्डीबाट उनलाई प्रक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले बताए ।
वडा अध्यक्षलाई अहिले अख्तियार बुटवल कार्यालयमा राखेका र थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालयमा पठाइने तयारी भइरहेको भुसालले बताए। काठ लिलामको सहजीकरण गर्ने विषयमा वडाअध्यक्ष रंगेहात प्रक्राउ परेका बताइएको छ।











